You are viewing the translated version of आधिकारिक रुपमा जानकारी नभई विज्ञापन गर्न नहुने.

Section 12
आधिकारिक रुपमा जानकारी नभई विज्ञापन गर्न नहुने
(१) विज्ञापन प्रकाशन वा प्रसारण गर्ने विद्युतीय, अनलाइन, छापा वा सञ्चारका माध्यमले वा सामाजिक सञ्जालको माध्यमबाट बिज्ञापन गर्ने व्यक्ति वा संस्थाले विज्ञापनकर्ताको नाम, ठेगाना आधिकारिकताको बारेमा जानकारी नभई विज्ञापन गर्न गराउन हुँदैन ।
(२) कुनै बिज्ञापनको विषयमा बिवाद उत्पन्न भई त्यस्तो विज्ञापनकर्ताको नाम, ठेगाना पत्ता लाग्न नसकेको अवस्थामा त्यस्तो विज्ञापन प्रकाशन गर्ने संस्था वा व्यक्ति नै जिम्मेवार हुनेछ ।